अस्थायी सुख अनि दुःख - स्वास्थ्य

स्वास्थ्य/ जिबनशैली

सुख पनि एक पीडा हो, दुःख पनि एक पीडा हो । सुखले हामीलाई वेचैन गराउँछ, दुःखले पनि । दुबै अशान्ति हो । यसलाई थोरै अनुभव गर्नुहोस्, सुख पनि अशान्ति, दुःख पनि अशान्ति । दुःखको अशान्ति अप्रीतिकर हुन्छ, सुखको अशान्ति प्रीतिकर हुन्छ । यद्यपि दुबै उद्विग्नता हो, दुबै चित्तको उद्विग्न, उत्तेजित अव मा पनि तपाईं उत्तेजित हुनुहुन्छ । यदि तपाईं अत्यान्तै सुखी हुनुभयो भने मृत्युसम्म हुनसक्छ । जस्तो आकस्मिक सुखमा मान्छेको मृत्युसम्म हुने गर्छ

यत्तिको उत्तेजना दिन्छ सुखले । दुःख पनि उत्तेजना हो, सुख पनि उत्तेजना हो । अनुत्तेजना आनन्द हो । जहाँ कुनै उत्तेजना छैन, जहाँ चेतनामा बाहिरको कुनै कम्पन, प्रभाव छैन, जहाँ चेतन बाहिरबाट एकदमै पृथक र आफैमा विराजमान छन् । उत्तेजनाको अर्थ हो, स्वयम्मा बाहिरसँग सम्बन्धित हुनु । उत्तेजनाको अर्थ हो, स्वयम्भन्दा बाहिर विराजमान हुनु । जस्तो कि तालमा लहर उठ्छ, लहर तालमा उठ्दैन ।

लहर हावामा उठ्छ र तालमा कम्पित हुन्छ । हावाको प्रभावमा, हावा अनुसार तालमा लहर उठ्छ । लहर उठ्नुको अर्थ हो ताल स्वयम्मा बाहिर कुनै चिजबाट प्रभावित छ । हाम्रो चित्त बाहिरबाट प्रभावित छ । लहर उठ्छ सुखको, दुःखको । हाम्रो चित्त बाहिरबाट प्रभावित नहुने अवस्था हो, आनन्द । सुख र दुःख भन्ने अनुभूति बाहिरबाट आएको हो । आनन्द त्यो अनुभूति हो, जो बाहिरबाट केही पनि आउँदैन । आनन्द बाहिरको अनुभव नभएर स्वयम्को अनुभव हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *