“सिटीसँगको हार एकदमै पीडादायी छ तर पिएसजीसँग गोल गर्न र खेल जित्न पिएसजीसँग अझै समय छ” :- पोचेटिनो

खेलकुद

युईएफ च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल खेलको पहिलो लेगमा फ्रेन्च क्लब पिएसजी इंग्लिस क्लब म्यानचेस्छर सिटीसँग स्तब्ध भयो। घरेलु मैदानमा भएको खेलमा पिएसजी २–१ गोलले पराजित भएको हो

खेलको पहिलो हाफमा राम्रो पडक बनाएको पिएसजीले दोस्रो हाफमा सिटीको दबदबा रोक्न सकेनसिटीसँगको हारपछि पिएसजीका मुख्य प्रशिक्षक माउरिसियो पोचेटिनोले म्यानचेस्टर सिटीको दुई गोल आफ्नो टिमका लागि दुर्घटना रहेको बताएका छन्।ती गोलहरु सिटी केही हदसम्म भाग्यशाली साबित भएको आशय उनले व्यक्त गरेका हुन्।

‘खेलको पहिलो हाफमा हामी फाइदामा रहन लायक थियौं,’ उनले भने, ‘तर, दोस्रो हाफमा सिटीले हामीले भन्दा राम्रो प्रदर्शन गर्‍याे।’ ‘उनीहरु हाबी भए। उनीहरुको गोल हेर्‍याैं भने मलाई लाग्छ त्यो दुई दुर्घटना थियो,’ उनले थपे। ‘दुई गोलपछि हामी निराश भयौं।

खेलाडी, हामी र सबैजना,’ उनले भने, ‘सेमिफाइनलमा यस्तो भयो भनेर स्वीकार गर्न धेरै गारो हुन्छ, यो एकदमैै पीडादायी छ।’ ‘फुटलबमा विश्वास गर्न आवश्यक छ, गोल गर्न र खेल जित्न हामीसँग केही समय छ,’ उनले अघि भने, ‘हामी केही समस्यामा हुनेछौं तर, फुटबलमा प्रयास गर्नुपर्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *